दफा १७
अधिकार प्रत्यायोजन
(१) बोर्डले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार केही अधिकार अध्यक्ष, कुनै सदस्य वा दफा १६ बमोजिम गठन भएको समिति वा उपसमितिलाई प्रत्यायोजन गर्न सक्नेछ । (२) अध्यक्षले आफूलाई प्राप्त अधिकारहरुमध्ये आवश्यकता अनुसार कुनै सदस्य, दफा १६ बमोजिम गठन भएको समिति वा उपसमिति वा बोर्डको कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।